भ्वाइस अफ नेपालका टीका मगरले ल्याए ‘बज्यैको बुलाकी’

...

असोज, काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ का प्रतिस्पर्धी टीकाबहादुर मगरले  ‘बज्यैको बुलाकी’बोलको गीत सार्वजनिक गरेका छन् । मंगलवार सार्वजनिक यस गीतमा उनलाई गायनमा चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । 

मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत, सुदीप सागरको एरेन्ज रहेको गीतमा मायाप्रेममा आधारित छ । प्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा गीतले प्रस्तुत गर्छ । 

केशवराज भट्टको कोरियोग्राफी, मोहनकुमार मगरको निर्देशनमा तयार भिडियोमा आशा तामाङ र गौरव मगरलाई फिचर्ड गरिएको छ । साथमा, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरलाई पनि भिडियोमा देख्न सकिन्छ । वैवाहिक समारोहको परिवेशमा भिडियोको कथा उनिएको छ । 

मुकेश हुमागाईंको छायांकन रहेको यस भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । गीतलाई स्रोता दर्शकले रुचाउने विश्वास गायक टीकाले लिएका छन् । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।