विज्ञान, प्रविधि र समाज तथा संस्कृतिबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सूरू

...

असोज, काठमाडौँ । काठमाडौँमा आजबाट विज्ञान, प्रविधि, समाज तथा संस्कृतिबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सूरु भएको छ । बिभिन्न ५ वटा देशबाट दुई सय सहभागी यस सम्मेलनको उद्घाटन आज राजधानीमा भएको हो ।

नेपाल एक्वाकल्चर सोसाईटी र वुमन इन् साइन्स एण्ड ह्युम्यानिटी (विस) को आयोजना सूरु भएको यस सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आज उद्घाटन गरेका हुन् । मन्क्री बस्नेतले यस्तो खालका कार्यत्रमले दक्षिण एसियाका मुलुकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।

वुमन इन् साइन्स एण्ड ह्युम्यानिटी (विस) कि वविता लाभ कायस्थले विज्ञानलाई समाज र संस्कार जोड्न अहिलेको आवश्यकता रहेको बताईन् । विज्ञानले हाम्रो संस्कारमा समेत प्रत्यक्ष रुपमा असर पुर्‍याउँने बताउँदै कार्यक्रमको औचित्यमाथि थप प्रकाश पारिन् । 
ऊक्त कार्यत्रममा मन्त्रि बस्नेतले गरिब र पैसाकै अभावमा कोही नागरिकले मर्नु पर्ने दिन नआओस् भनेर सरकार लागि परेको बताए । ‘सरकारले त्यसको जिम्मा लिन्छ । म त्यसको जिम्मा लिन्छु ।’ उनले बताए । कार्यक्रममा विज्ञान तथा प्रविधि, कृषि, शिक्षा, प्राकृतिक विपद विज्ञ लगायत विविध क्षेत्रका अनुभवि तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।

artist-khabar-news (1).jpg

सम्मेलनमा बिभिन्न क्षेक्रका व्यत्तिहरुलाई बिभिन्न शिर्षकमा एवार्ड बितरण गरिएको थियो । जसअनुसार ‘गोल्डेन अचिभमेन्ट अवार्ड’ बाट प्रोफेसर डाक्टर जीवन श्रेष्ठ, प्रोफेसर डाक्टर तेजकुमार श्रेष्ठ, डाक्टर दिलिप कुमार, प्रोफेसर बिएन पाण्डे, प्रोफेसर प्रमोद कुमार झाले सम्मानित भएका छन् । गोल्ड मेडलबाट प्रोफेसर टिसी माजुपुरिया, प्रोफेसर सुब्रत कुमार डे, प्रोफेसर नरेन्द्र श्रीवास्तब, प्रोफेसर डाक्टर जीवन श्रेष्ठ, प्रोफेसर तेजकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

यस्तै लाइफटाइम अचिभमेन्ट पाउनेमा प्रोफेसर सन्तोष कुमार, टेकबहादुर गुरुङ, प्रोफेसर कुल्दिप कृष्ण शर्मा, प्रोफेसर हरिप्रसाद थपलिया, प्रोफसर राकेशप्रसाद भगत, प्रोफेसर एम. ए खालिद, प्रोफेसर दिलिप कुमार केसरी, डाक्टर अजय कुमार पाण्डे, प्रोफेसर राकेश चन्द्र त्रिपाठि, नेम्बिर शाक्य रहेका छन् । 

यस्तै नेपाल आक्वाकल्चर सोसाइटी फेलोसीप अवार्डस् पाउनेमा डाक्टर अजयकुमार पाण्डे, डाक्टर एसजिएस जैडी, डाक्टर निरज कुमार, डाक्टर हेमलता पन्त, डाक्टर दिनानाथ पण्डित रहेका छन् । यस्तै विस ग्लोबल अचिभमेन्ट पाउनेमा प्रोफेसर डाक्टर हमिदा खानुम, विस ग्लोबल रिक्गिनिसन अवार्ड पाउनेमा डाक्टर अनुजा कुमारी, विस प्रोफेसनल एक्सिलेन्सी अवार्ड पाउनेमा डाक्टर रजिनि पराशर, योङ् अचिभर इन् मेडिसिन एण्ड पब्लिक हेल्थ अवार्ड पाउनेमा डाक्टर कृषु सापकोटा, योङ् इन्टरप्रेनर अवार्ड पाउनेमा मेदिना शाक्य र योङ् मिडिया पर्सनालिटि पाउनेमा श्रद्धा प्रसाँई सम्मानित भएका छन् ।

कार्यक्रममा ‘आउट्स्ट्यान्डिङ प्रोफेसनल’ बाट बबिता लाभ कायस्थ, प्रोफेसर प्रभा चित्रकार, इन्नोभेटिभ रिसर्चर अवार्ड यशोधरा भेटुवाल प्रसाँई, सुधा सापकोटा भेटुवाल र ओरल प्रिजेन्टर अवार्डबाट संगीत प्रसाँई सम्मानित भएका छन् ।

यो दुई दिने सम्मेलन राजर्सि जनक विश्वविद्यालय, जनकपुर, डिपार्टमेन्ट अफ पब्लिक पोलिसि, काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट, डिपार्टमेन्ट अफ जुलोजी, अमृत साइन्स क्याम्पस, त्रिभुबन विश्वविद्यालय, जुलोजिकल सोसाईटी अफ इन्डिया, जुलोजिकल सोसाईटी अफ बंगलादेश, एनटिपी टुरिजम अफेयर्स कलेज नेपाल, श्रीपाटुम युनिभर्सिटी, थाईल्याण्ड, नेश्नल इन्टिग्रेटेड कलेज (एनआइसी) काठमाडौँ, सोसाइटि फर साइन्सेस एण्ड नेचर इन्डिया, ब्लु प्लानेट सोसाइटी (बिपिएस) सँगको सहकार्यमा गरिएको हो । 

यस सम्मेलनको अध्यक्षता नेपाल आक्वाकल्चर सोसाइटीका संस्थापक अध्यक्ष  प्रोफेसर डाक्टर श्यामनारायण लाभले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, अतिथि नेपालका लागि युएनडिपीकि आवासिय प्रतिनिधी आइशाने लादे, नेश्नल इन्सिट्च्युट् अफ टिजास्टर म्यानेजमेन्ट, भारतस्थित गृह मन्त्रालयका सल्लाहकार तथा निर्देशक प्रोफेसर सन्तोष कुमार, विशेष अतिथिका रुपमा सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजीका पूर्व निर्देशक तथा जुलोजिकल सोसाइटी अफ नेपाल एण्ड एकेडिमिसियन अफ नास्टका प्याट्रन प्रोफेसर डाक्टर जीवन श्रेष्ठ, सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजी, किर्तिपुरका पूर्व प्रमुख डाक्टर तेजकुमार श्रेष्ठ लगायत अन्य व्यक्तित्वहरु उपस्थिति रहेको थियो । यो दुई दिने सम्मेलन भोली शनिबारसम्म चल्नेछ ।