मनोहर र मन्जुको स्वरमा ‘आउछु घर दशैमा’ गीत सार्वजनिक, भुवन र अनिशाको अभिनय

...

असोज, काठमाडौँ । यसबर्षको वडा दशैं नजिकिदै गर्दा दशैं बिशेष गीतहरु सार्वजनिक भइरहेका छन् । यसैबिच दशैं पर्व लक्षित गीत ‘आउँछु घर दशैंमा’ सार्वजनिक गरिएको छ । गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको यस गीतमा शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ । एरेन्ज जय देवकोटाको रहेको छ । गीतको भिडिओ गायक भण्डारीकै युट्युव च्यानलमा सार्वजनिक छ ।

गीतको भिडिओमा दशैंका लागी बिदेशमा रहेका युवक घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ । भिडिओमा पछिल्लो समय कलाकारितामै ब्यस्त कलाकार भुवन के पोखरेल र अनिशा पराजुलीको अभिनय रहेको छ । भिडिओ गायक भण्डारीले नै निर्देशक गरेका हुन् । भिडिओमा छायांकन तथा सम्पादन प्रवेश पोखरेलको रहेको छ । भिडिओमा एक्सन निर्देशन छवि भुषाल र रिकेश धितालको छ । 

दशैं लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै दर्जन गीत सार्वजनिक गरिसकेका छन् । यस्तै भिडिओमा अभिनय गरेका भुवनले पनि भिडिओमा निकै मिहिनत गरेको र दर्शकको माया पाउनेमा ढुक्क रहेको बताउँछन् । भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडिओमा काम गरिसकेका छन् भने अधिकांश लोकप्रिय टेलिचलचित्रमा पनि अभिनय गर्दै आएका छन् ।