‘चाउरी परेसी गालौमा’ गितमा सागर र गरिमाको जोडी

...

असोज, काठमाडौँ । गायक लेखु सहयात्री (लेखराज तिम्सिना) को स्वरमा चाउरी परेसी गालौमा बोलको गित सार्वजनिक गरिएको छ । गएको बिहीबार सहयात्रीले आफ्नै युट्युव च्यानल मार्फत गित सार्वजनिक गरेका हुन । 

लेखु सहयात्रीको शब्दमा रहेको उक्त गितमा कोशिस क्षेत्रीको संगित रहेको छ । लेखु सहयात्री र मेलिना राईको स्वरमा रहेको उक्त गितमा हास्य टेलिसिरियल सक्किगोनी संगै विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेका कलाकार सागर लम्साल (बले) , यसैगरी विभिन्न म्युजिक भिडियोमा आफ्नो कला मार्फत आफुलाई चिनाउन सफल मोडल गरिमा शर्मा, किशोर तिम्सिना साथै गरिमा नेपालको अभिनय रहेको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन । गितको चाबहिल स्थित के.एल टावरमा सुटिङ भएको थियो । 

लेखु सहयात्रीको यादै रहेन, मायाको सुगन्ध, बेहुली लगायतका कयौं गितहरु पनि बजारमा आईसकेको छ ।