भारती गायक रितो रिबाले शनिबार काठमाडौंमा कन्सर्ट गर्ने

...

असोज, काठमाडौँ । भारतका चर्चित गायक रितो रिबाले काठमाडौंमा प्रस्तुती दिने भएका छन् । टौवा इभेन्ट, वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा उनले लाइभ कन्सर्ट गर्न लागेका हुन् । 

संयोजक विजय बस्यालका अनुसार कन्सर्टका लागी ७ बजेदेखि नै खुल्ला गरिने छ । रिबा १० बजे स्टेज चडने आयोजकले जनाइएको छ । लाइभ कन्सर्टमा प्रवेशका लागि १५ सय रुपैयाँ शुल्क लाग्नेछ । केहि समयअघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।  जजहरुको रिजेक्ट पछि नै उनको भाग्य चम्किएको छ । 

रितो रिबाको ‘तू मेरी हीर’ मिलिएन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना  गी क्या चर्चामा रहेका छन् । रिबाले भारतमा सांगितिक क्षेत्रमा धमका मच्चाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका समेत छन् । भारतमा सयौँ सांगितिक कार्यक्रम सम्पन्न गरिरहेका छन् ।