टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा

...

असोज, काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धाः ब्याटल अफ मुभ्स’को घोषणा गरिएको छ । जसमा निर्णायकको भूमिकामा कोरियोग्राफर गम्म्भिर बिष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई रहेका छन् ।

तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् । निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भैरहेको छ । मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमीफाइनल राउण्डको सुरुवात हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ ।

अहिले विभिन्न टेलिभिजन च्यानलसँग कुरा भैरहेकाले कुन च्यानलबाट प्रसारण हुने पक्का भैसकेको छैन् । चाँडै टेलिभिजन च्यानल, डिजिटल पार्टनर र शोका विजेताले पाउँने पुरस्कार राशी घोषणा गरिने प्रोजेक्ट संयोजक मानव सिवाकोटीले बताए । यो रियालिटी शो नेपालमा बनिरहेका अन्य शोभन्दा भिन्न हुनेछ ।

यो शोको उद्देश्य नेपालमा रहेका कच्चा र प्रयोग नभएका अर्थात् लुकेका प्रतिभालाई प्रोहत्सान गर्ने रहेको निर्देशक भुजेलले बताए । साथै, अन्य शोहरु भोटिङका कारण निकै विवादिन बनेकाले पनि आफुहरुले भोटिङ सिस्टम नै नराखेको बताए । विवाद रहित शो बनाउनुका साथै जित्नै प्रतिभाले जितोस भन्ने आफुहरुको उद्देश्य रहेको दाबी आयोजक संस्थाको छ ।

डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आर्कषक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रधान गरिनेछ । यो शोमा डिजिटल अडिसन मार्फत एकल, डोयट तथा ग्रुपमा समेत प्रस्तुती दिएर पठाउन सकिनेछ ।

सिने इभेन्ट स्टुडियो प्रालीको व्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङ्गमा दर्शन कोइराला तथा प्रमोशन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी आफै रहेका छन् ।