‘फर्की फर्की’को आउँदो बर्षको जेठ ११ गते प्रदर्शन हुने

...

असोज, काठमाडौँ । चलचित्र ‘फर्की फर्की’को प्रदर्शन मिति आउँदो बर्ष (२०८१) सालको जेठ ११ गते तोकिएको छ । निर्माता रोहित अधिकारीले वितरकसँग सल्लाहा गरेर फिल्मलाई जेठमा रिलिज गर्न लागेको जानकारी दिए । यो चलचित्रको वर्कशप पनि सुरु भएको छ । वर्कशपमा चलचित्रका मुख्य नायक अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र समृद्धि अर्याल जोडिएका छन् ।

चलचित्रकी मुख्य नायिका जसिता गुरुङले भने केही दिनमै वर्कशप सुरु गर्ने निर्माणपक्षले बताएको छ । सुयोग गुरुङले निर्देशन गर्ने यो चलचित्रलाई लिएर अनमोल केसी निकै उत्साहित छन् । 

farki-farki-movie.jpg

यो चलचित्रको छायांकन काठमाडौं, पोखरा, अन्नपूर्ण बेस क्याम्पमा गरिनेछ । साथमा, एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार हुन लागेको चलचित्रका सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ ।

चलचित्रको छायांकन मंसिरको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र दिएका निर्माता अधिकारीले यसपटक दर्शकले प्रेमको कथामा बेग्लै स्वाद पाउने बताए । चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । चलचित्रको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।