लोक पोडकास्टमा गायिका सम्झना भण्डारी (भिडिओ)

...

कार्तिक, काठमाडौँ । गायिका सम्झना भण्डारी आत्महत्या गर्ने सोचमा समेत पुगेकी थिइन् । तपाईलाई त कुनै पुरुषले अपार्टमेन्ट किनेर राखिदिएको छ रे भन्दै कुरा काटेको देख्दा र पटक पटक त्यसरी प्रहार हुँदा यो संसार नै छोडौं जस्तो लाग्छ भन्छिन् । जहाँ पनि केटी मान्छे नै कमजोर हुन्छन् भन्ने ठान्ने हरुका लागी र आफूलाई त्यसरी भन्नेहरुलाई भेटेभने पिट्छ् भन्दै आक्रोश समेत पोखिन् ।

मेरो माया बसेको गाउँमा बत्ति बाल्नै पर्दैन त्यो ठाउँमा, स्यांंजा जाने बाटोमा नतहुँ, भन त मन पर्छपर्दैन, क्यार्न माया मारिछौं सानुले, औठी बेरुवाको, कपालु कोरेर, घाँसै काट्ने खोली दोबान, चल्यो बतास लगायत दर्जनौं हिट गीतकी गायिका हुन् सम्झना भण्डारी । उनै सम्झना आज आर्टिष्ट खबरको एके लोकपोडकास्टमा आएकी छिन् । बि.स. २०७० सालमा लमजुंगबाट काठमाडौं प्रवेश गरेपछिका संघर्ष देखी सफलता हासिल गर्दा सम्मका बिभिन्न कुराहरु भएका छन् । 

Video: