चलचित्र ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

...

मंसिर, काठमाडौँ । चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्रमा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, चलचित्रमा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । 

शिल्पा पनि चलचित्रमा भित्रिएपछि ३ जना नायिकाहरुले चलचित्रमा काम गर्ने पक्का भएको छ । यस चलचित्रमा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए । शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।

चलचित्र ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो चलचित्र यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।
पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ ।
चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।