टंकको ‘नमस्कार’ गीतमा पल शाह र करिश्माको जोडी

...

मंसिर, काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘१, २ ३, ४ स्विकार मेरो नमस्कार’ बोलको गीतमा टंकसँगै अन्नु चौधरीले स्वरमा साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत टंकले नै भरेका छन् । गीतमा एरेन्ज भने केशब बडुले गरेका छन् । 

गीतको भिडिओमा भने अभिनेता पल शाह र अभिनेत्री करिश्मा श्रेष्ठलाई देख्न सकिन्छ । पछिल्लो समय पल शाह अभिनित भिडिओ कम आइरहेको बेला टंकको यस गीतमा देख्न पाएको भन्दै प्रतिक्रिया दिने बढ्न थालेका छन् । निर्मल कुमार लामाले निर्देशन गरेको भिडिओमा पवन सुस्लिङको सिनेमाटोग्राफी र सम्पादन छ । 

भिडिओ गायक बुढाथोकीकै युट्युवमा सार्वजनिक गरिएको छ । सार्वजनिक भएको केहि घण्टामै हेर्नेको संख्या बढिरहेको देखिन्छ । टंकले यसअघि ‘धन्यवाद’ बोलको गीत सात भाषामा सार्वजनिक गरेका थिए ।