बिनिता पौडेलको अर्को कोसेली ‘चौतारीमा’ सार्वजनिक

...

पुस, काठमाडौं । गायिका तथा भिडिओ निर्देशक बिनिता पौडेलले सांगितीक बजारमा नयाँ कोसेली लिएर आएकी छिन् । ‘चौतारीमा’ बोलको गीतमा बिनिताको स्वरसँगै भिडिओमा अभिनय र निर्देशन गरेकी छिन् । गीतमा बिनितासँगै कृष्ण पौडेलको स्वर रहेको छ । भिडिओको निर्माता पनि कृष्ण पौडेलनै हुन् ।  

गीतमा शब्द तथा संगीत सुरेश भुर्तेलको रहेको छ भने एरेन्ज गर्ने काम तारानाथ आचार्यले गरेका छन् । गीतको भिडिओमा बबिन सिंह ठकुरी, अनमोल भण्डारी र क्रितिका पौडेलको पनि अभिनय रहेको छ । गणेश सापकोटाले खिचेको भिडिओमा गणेश सापकोटाले ड्रोन उडाएका छन् । गायिका तथा निर्देशक बिनिताले अंग्रेजी नयाँ बर्षको पहिलो दिनमा गीत सार्वजनिक गरेको र प्रतिक्रिया निकै राम्रो आइरहेको बताएकी छिन् ।