नेपाल लाइफ इन्स्योरेन्सको ११६ एमडिआरटी मध्ये २५ औं स्थानमा समीप अधिकारी

...

माघ, काठमाडौँ । पछिल्लो समय जिवन बिमाप्रति आम मानिसको सोंचाई फरक छ । जिवन बिमा गर्नुपर्छ भन्ने सकारात्मक सन्देश धेरै जनजिवनमा परिसकेको छ । नेपालमा जिवन बिमा गर्ने थुप्रै कम्पनी रहेका छन् । त्यसमा पनि अग्रपक्तिमा आउने इन्स्योरेन्स कम्पनी हो, नेपाल लाइफ इन्स्योरेन्स । 

यसै संस्थामा लामो समयदेखी कार्यरत समीप अधिकारी देशैभरीका १ सय १६ एमडिआरटी मध्ये २५ औं स्थानमा आउन सफल भएका छन् । आफ्नो काममा निकै मिहिनती अधिकारी नवलपरासी पुर्वको कावासोती शाखामा आवद्ध छन् ।  भौतिक शास्त्रमा स्नातकोत्तर गरेका अधिकारी सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्छन् । उनी गीत, कविता, गजल लेखनमा पनि अब्बल छन् । साथै उनी गीत गुनगुनाउन निकै रुचि राख्दछन् । 

samip-adhikari (1).jpg

केहिदिनअ अघि होटल हायात काठमाडौंमा आयोजीत एक कार्यक्रममा उनलाई सम्मान गरियो । काममा थप हौसला मिलोस् भन्दै कम्पनीका सिईओ प्रबिन रमन पराजुली र एनएसएम उमापती पोख्रेलले सम्मान प्रदान गरेका थिए । अधिकारीले कुनैपनि काममा दत्तचित्त भएर लागियो भने सफलता हासिल गर्न सकिने बताउँछन् । साथै उनले जीवन बिमानको क्षेत्रमा लामो समय बिताउँदै गर्दा आफूले रोजेको क्षेत्रले आफूलाई निकै खुसी दिएको बताउँछन् । उनी भन्छन्, जिवनको कुनै भर छैन त्यसैले इन्स्योरेन्स गर्नु आवश्यक छ । यो पेशामा लाग्दै गर्दा धेरैको जिवनसँग जोडिएको हुन्छ । त्यसैले आफ्नो कामबाट निकै खुसी मिल्छ ।