गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा

...

माघ, काठमाडौँ । रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै विपरित दिशाबाट आईरहेको ट्रकले रचना सवार स्कोरपियोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

बेलुका ५ बजे बा प्र ०३.०१ ख २११८ नम्बरको ट्रकले स्कारपियोलाइ ठक्कर दिएको थियो । दुर्घटनाबाट भने मानविय क्षति भएको छैन । गायिका रचना रिमाल सकुशल रहेकी छिन् । उनीसँगै सवार शिबु खनाल लगायतका साथीलाई भने घुँडामा समान्य चोट लागेको बताइएको छ । दुर्घटनापछि गायिका रिमाललाई सकुशल अर्को गाडीमा कार्यक्रमतर्फ पठाईएको छ । 

यसैबिच गायिका रिमालले आफ्नो फेसबुक मार्फत पनि आफ्ना दर्शकलाई जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्, ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।’

truck.jpg

रचनालाई धेरैले स्वास्थ्य लाभको कामना गरिरहेका छन् भने कतिपयले ट्रकलाई कारबाही हुनुपर्छ भन्दै लेखिरहेका छन् । रचनाले दुर्घटना हुनुभन्दा ५ घण्टा अघि संखुवासभा र ४ घण्टा अघि मात्रै धन्यवाद राजजढ झापा भन्दै फेसबुकमा कार्यक्रमका केहि तस्बिर हालेकी थिइन् । रचनाका फोटो फिरिममा, भन साईला, उनको प्रिती, फुलको माला, छोटो जिवन, यो झरिमा, एकचिम्टी सिन्दुर लगायतका गीत हिट छन् ।