हिमाल सागर र अन्नुको ‘यहि त होनी माया’मा बिमल र गरिमाको प्रेम

...

माघ, काठमाडौँ । लोकप्रिय गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ । यो गीतलाई यसअघिको चर्चित गीत ‘ए होर माया’को तेस्रो सिरिजको रुपमा लिइएको छ । गीतमा शब्द र संगीत भने बिमल अधिकारीको रहेको छ । यो गीतका निर्माता र मोडल पनि बिमल नै हुन् । गीत बिमलको भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको हो । 

गीतको भिडिओमा बिमलसँगै अभिनेत्री गरिमा शर्मालाई देख्न सकिन्छ । भिडिओ लुम्बिनीसँगै बिभिन्न रमणीय स्थानमा खिचिएको छ । मौसम हिमालीको निर्देशन रहेको भिडिओ राजेश घिमिरेले खिचेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । 

गीतमा सर्जक तथा निर्माता बिमले यसपटक पनि गीतको अडियो अनुसार कुनैपनि कुरामा कमि नगरी भिडिओ निर्माण गरेको बताउँछन् । हामीलाई यसअघिका ए होर मायाको दुईवटा सिरिजलाई निकै मन पराइदिनुभयो । यसपटक पनि दर्शकले साथ दिनुहुनेछ भन्ने विश्वास छ । बिमलले आर्टिष्ट खबरसँग कुरागर्दै भने, सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेकोछु । 

यसअघिको ए होर मायालाई युट्युवमा २७ मिलियनपटक हेरिएको छ भने आहा माया लाई पनि ८ मिलियन भन्दा बढी पटक हेरिएको छ ।