बादल घिमिरेको ‘कसम तोड्ने भा’मा मेलिना र रामजीको स्वर

...

माघ, काठमाडौँ । संगीतकार तथा गायक बादल घिमिरेले नयाँ गीत ल्याएका छन् । बादलको संगीत रहेको नयाँ ‘कसम तोड्ने भा’बोलको गीतमा गायक रामजी खाँड र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा राधा खरेलको शब्द र बादलको संगीत छ । गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । 

भिडियोमा बादल र प्रियाना आचार्यले अभिनय गरेका छन् । भिडियोमा पति पत्नीबीचको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गरिएको छ । बादलले नै निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन र पदम सुवेदीको सम्पादन छ । गीत ‘बादल घिमिरे’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।