चलचित्र ‘रुखान’मा नीति शाहको अभिनय रहने

...

फागुन, काठमाडौँ । नवनायिका नीति शाहले चलचित्र ‘रुखान’मा अभिनय गर्ने भएकी छिन् । चलचित्र सविर श्रेष्ठको निर्देशनमा तयार हुनेछ । अभिनेत्री शाहको मुख्य भूमिका रहने बताइएको छ । उनीसँग निर्माणपक्षले कागजी संझौता गरिसकेको छ । चार भाषामा निर्माण हुन लागेको यो चलचित्रलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताएकी छिन् । यो चलचित्रमा नीति एक बिद्रोही महिलाको भूमिकामा देखिदैछिन् ।

यो चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा छ । चलचित्रका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । चलचित्रले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको संघर्षको कथालाई देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुवन्धित गरिएको हो । कामको हिसाबमा नीतिको यो दोस्रो चलचित्र हुनेछ ।