सौगात सहित ‘अगत्स्य’ टिम बुटवलमा

...

फागुन, बुटवल । यहि फागुनको १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अगस्त्य’को टिम देशभरका बिभिन्न ठाउँमा प्रचारप्रसारमा हिडिरहेको छ । यसैबिच सोमबार बुटवलमा पुगेको टिमले चलचित्रबारे जानकारी दिएको छ । सौरभ चौधरी निर्देशित एक्सन थ्रीलर चलचित्र ‘अगस्त्य’को प्रचारको क्रममा बुटवलमा सौगात मल्ल सहितको टिम आइपुगेको हो । 

चलचित्र पत्रकार संघ रुपन्देही शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा अभिनेता सौगातले अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर चलचित्र भएको बताए । बदलाको कथामा आधारित चलचित्र अगत्स्यका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्। तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउदै सौगातले अगत्स्य ले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन् ।

 चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन्। सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पुर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुनस् नयाँपन देख्ने बताए ।
 
चलचित्रका कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ । 

भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।