बिक्की र श्रृद्धाको नयाँ शो कमेडी दरबार आउँदै, बिजय बराल लगायतका कलाकार अनुबन्धित

...

चैत, काठमाडौँ । कमेडियन बिक्की अगरवालले टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । यसअघि रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजनलाई सम्पन्न गरेका बिक्कीले अब कमेडी दरबार नामको शो ल्याउने तयारी गरेको बताएका छन् । यसैबिच कलाकार बिजय बराल अनुबन्धित भइसकेका उनले जानकारी दिएका छन् । बिजय शोमा कुन भूमिकामा देखिनेछन् भन्ने बारे भने खुलाएका छैनन् । बिजय र बिक्कीको टिमको सम्झौता भइसकेको छ ।

comedy-durbar-show (2).jpg

‘हामीले यसअघि गरेका शोहरु भन्दा अझ लार्ज स्केलको रुपमा कमेडी दरबारलाई लिएका छौं । अहिले बिजय बराल अनुबन्ध भइसक्नुभएको छ, अन्य कलाकार फाइनल हुनेक्रममा हुनुहुन्छ ।’ बिक्कीले भनेका छन्, ‘यो पारिवारीक कमेडी शो हुनेछ ।’ 

शोलाई बिक्की र श्रृद्धा प्रसाईंले निर्देशन गर्नेछन् । शो प्राइम टेलिभिजनमार्फत प्रसारण हुनेछ । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ । बिक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’को निर्देशन पनि गरेका थिए ।