भृकुटिमण्डपमा ‘श्री केश रोयल होली’, त्रिशला, टंक देखी भुपु पाण्डेसम्म आउँदै

...

चैत, काठमाडौँ । आज (आइतबार) भृकुटिमण्डप गार्डेनमा ख्यातिप्राप्त कलाकारका साथमा रोयल होलीको आयोजना हुँदैछ । क्रिकेट एशोसियसन अफ नेपाल ९क्यान० को सहयोगार्थ रोयल होलीको आयोजना हुन लागेको हो । 

रोयल इभेन्ट्स नेपाल र नेपाल होस्टल एशोसियसनमा आयोजना हुन लागेको रोयल होली चर्चित कलाकार त्रिशला गुरुङ, भुपु पाण्डे, टंक बुढाथोकी, चक्र बम, सुप्रिम मल्ल ठकुरी, कुल ब्वाय, यबि द गट्, अशोक दर्जी लगायतको उपस्थिति हुनेछ । यो सँगै क्रिकेट एशोसियसन नेपाल क्यानका टिम पनि सहभागी हुनेछ । दिउसो ११ बजेदेखी सुरु हुने रोलल होली साँझ ६ बजेसम्म चल्नेछ । 

d86aa7d4-2a10-4c82-af02-175a043e2187.jpeg

रोयल होलीमा सहभागी हुन ५ सय ५० रुपैंयाँको टिकट काट्नु पर्नेछ । विद्यार्थीका लागि ३ सय ५० रुपैंयाँ तोकिएको छ । कार्यक्रम अगाडि नै खल्ती एपबाट टिकट काट्नेलाई एउटा टिसर्ट र मोबाइल सेभर पनि प्रदान गरिनेछ । यस कार्यक्रमबाट आएको नाफाको १० प्रतिशत क्रिकेट एशोसियसन नेपाल (क्यान) लाई प्रदान गरिनेछ ।

रोयल होलीलाई श्री केश तेल, रेड् बुल, हिलटेक, माउन्टेन डिउ, होटल टाइम्स, अनुपम फुड्ल्यान्ड लगायतले स्पोन्सर्ड गरेका छन् । डिजिटल पार्टनर खल्ती रहेको छ भने मुभि पार्टनर डिग्रि माइला रहेको छ । आइटी पार्टनर नेक्टरडिजिट रहेको छ ।