नयाँ चलचित्र  ‘भिजिट भिसा’ बन्ने

...

बैशाख, काठमाडौँ । नयाँ चलचित्र ‘भिजिट भिसा’ बन्ने भएको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर घोषणा गरिएको यो चलचित्र छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुनेछ । चलचित्र पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने बताइएको छ । चलचित्रको घोषणा सँगै  थिम पोस्टर सार्वजनिक गरिएको छ । 

पहाडको खोँच, खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ । दुई पहाडको खोँचमा बस्ती । बस्ती यति पुरानो छ । लाग्छ यो प्राचिन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ ।

समयले कोल्टो फेर्‍यो । पहाड र हिमाली क्षेत्रका बस्ती सहरतिर स्थान्तरण भए । छोडिएका बस्ती जीर्ण भए, जुन पोस्टले प्रष्टै देखाएको छ । अस्तिपञ्जरजस्ता देखिने घरले हिमाल र पहाडका बस्ती रित्तिँदै गए । गाउँ सहरतिर सरे । सहर युरोप र अमेरिकातिर सरे । पोस्टरले सहर र विदेश त देखाउँदैन ।

तर फिल्मको टाइटल ९नाम०ले भने भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको प्रष्ट देखाउँछ । फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् दिएको छ ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

फिल्मकालागि निर्देशक र कलाकारहरू भने तय गरिएको छैन । निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको बताइएको छ ।