सोमबार गायक बिपुल क्षेत्रीको भक्तपुरमा भब्य कन्सर्ट हुँदै

...

बैशाख, काठमाडौँ । लोकप्रिय गायक बिपुल क्षेत्रीले सोमबार भक्तपुरमा भब्य कन्सर्ट गर्ने भएका छन् । गायक क्षेत्री कन्सर्टका लागी आज दिल्लीबाट काठमाडौं आइसकेका छन् । साँझ हुने कन्सर्टमा उनले आफ्नो लोकप्रिय गीतका साथमा दर्शकलाई झुमाउने बताइएको छ । 

कन्सर्टमा बिपुल क्षेत्री एण्ड दि ट्राभलिङ ब्याण्डको लाइभ प्रस्तुती रहने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका कार्यालय सचिव जिवन नेपालले आर्टिष्ट खबरलाई जानकारी दिए । कन्सर्टका लागी टिकट सञ्जाल डटकम (https://ticketsanjal.com) मार्फत टिकट खरिद गर्न सकिने बताइएको छ ।   बिपुलको प्रस्तुतीपछि डिजे पार्टी पनि हुने बताइएको छ।  
गायक क्षेत्रीका आशिष, सिन्डिकेट, असार, जुनकिरी, राम साइली लगायतका दर्जनौं गीत हिट छन् । क्षेत्री बिशेषगरी युवापुस्तामाझ लोकप्रिय छन् ।