प्रदीप, दिव्या र आनाको ‘एक्टर’को शुभमुहूर्त

...

बैशाख, काठमाडौं । नयाँ चलचित्र ‘एक्टर’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैंसीपाटीस्थित कार्यविनायक मन्दिर परिषरमा वैद्दिक विधिअनुसार पूजापाठ गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । मुहूर्तमा मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौलाको उपस्थिती थियो । 

aktor-movie.jpg

राजन भुसालको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा राजबल्लभ कोइराला र दिव्य देव पाण्डेको पनि मुख्य भूमिका रहने बताइएको छ । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यो चलचित्रबाट पहिलोपटक अभिनयको यात्रा गर्दैछिन् भने प्रदीप र आनाले चलचित्रमा पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।

aktor-movie-photo.jpg

अदृत फिल्मस र मोती फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको ुएक्टरु लाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्। वैशाख ३० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र लक्ष्मी पूजाको अवसर पारेर कात्तिक १५ गते प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ । चलचित्रको निर्माता थमन कुमार भण्डारी हुन्।