शनिबार ‘पुजार सार्की’ र ‘फर्की फर्की’मा कुनलाई बढी शो ?

...

जेठ, काठमाडौँ । गत बिहीबार (जेठ १०) गते बुद्धजयन्तीको दिनबाट प्रदर्शनमा आएको दुई नेपाली चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’मा दर्शकको संख्या उल्लेख्य छ । प्रदर्शनको दोस्रो दिन शुक्रबारसम्म देशैभरीका बिभिन्न ठाउँका हलहरुमा हाउसफुल रहे । कतिपय ठाउँमा औषत दर्शकको रहेका छन् । बजार क्षेत्रका अधिकांश हलहरुमा दर्शकको संख्या बाक्लो छ । 

तेस्रो दिन शनिबार सम्म आइपुग्दा यि दुबै चलचित्रमा दर्शकको संख्या बढिरहेका छन् । नेपालका ठुलो सिनेमा हल चेन ‘क्युएफएक्स’ले शनिबारका लागी ‘फर्की फर्की’लाई २१ शो र ‘पुजार सार्की’लाई २२ शो दिएको छ । यस्तै अर्को सिनेमा हल ग्रुप वन सिनेमाले आफ्ना नयाँ बानेश्वर र कालिमाटीमा जम्मा १० शो दिएको छ । यस्तै सोही ठाउँमा पुजार सार्कीले ११ शो पाएको छ । 

यस्तै अर्को सिनेमा हल ग्रुप आईएनआईले नेपालभरीका तीन हलबाट ‘फर्की फर्की’लाई १५ शो र पुजार शार्कीलाई १२ शो दिएको छ । यस्तै नेपालमा अन्य थुप्रै मल्टिप्लेक्सहरुमा दुबै चलचित्रको शो बाँडफाड लगभग बराबर जस्तै देखिन्छ । सिंगल थिएटरमा पनि दुबै चलचित्रमा दर्शकको फ्लो बढिरहेको छ । 

बिशेषगरी दुबै चलचित्रको जनरा फरक भएकाले पनि दर्शक फरक फरक किसिमका रहेको देखिन्छ । युवाबर्गका दर्शक ‘फर्की फर्की’मा बढि देखिन्छ भने युवासँगै समग्र बर्गका दर्शकले ‘पुजार सार्की’लाई रोजेका छन् । यसरी हेर्दा शनिबारसम्ममा दुबै चलचित्र बराबर तरिकाले अगाढी बढिरहेका छन् ।