गायक बालचन्द्र बराल भन्छन्, ‘श्रीमती र छोरा–छोरी नभएको भए बाँच्ने थिइँन’

...

जेठ, काठमाडौँ । छाडा गीत गाएको भन्दै लोकदोहोरी प्रतिष्ठानले गायक बालचन्द्र बराललाई निलम्बन गरेको थियो । गायक बरालले दुखी हुँदै भनेका छन्, ‘श्रीमती र छोरी नभएको भए उहीले म आत्महत्या गरिसकेको हुन्थेँ ।’ बर्षौदेखी दोहोरी गीत गाएर हिट भए, नाम कमाए अहिले छाडा गीत गाएका रहेछन् त्यसैले प्रतिष्ठानले नै उनलाई निलम्बन गर्यो भन्ने खबर छरियो । उनलाई अनेकौं फोन आयो, कतिपयले के गरेको यस्तो भने होलान् । उनले भिडिओ सन्देश छोड्दै दुख पोखेका छन् । 
 
पछिल्लो समय लाईभ दोहोरीमा विकृती बढ्दै गएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले एउटा कदम चालेको छ । यसैक्रममा दोहोरी गीतमा निकै जमेका लोकदोहोरी गायक बालचन्द्र बराललाई प्रतिष्ठानले निलम्बीत गरेको हो । प्रतिष्ठानले केन्द्रीय सदस्य एवं गायक बालचन्द्र बराललाई ६ महिनाको लागि संस्थाबाट निलम्बन गरेको हो । लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै बिहीबार बसेको कार्यसमिति बैठकले बराललाई निलम्बन गरेको  हो ।

प्रतिष्ठानले भनेको छ, ‘उहाँको गायन प्रस्तुतिमा समाजमा अपाच्य हुने गतिविधि देखियो । दोहोरीलाई बंग्याएर र मूल संस्कृति नै बिगार्ने गरी उहाँ प्रस्तुत भएको देखियो । यसबारे उहाँलाई स्पष्टीकरण सोधेका थियौं । बोलाउँदा पनि सम्पर्कमा आउनुभएन । स्पष्टीकरणको बेवास्ता गरेपछि यस्तो निर्णय गर्नुपरेको हो ।’ लाइभ दोहोरीका नाममा बराल अमर्यादित ढंगले प्रस्तुत भएको प्रतिष्ठानको भनाइ छ । निलम्बन हुने ६ महिनाको अवधिमा बरालले प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

अर्मादित ढंगले पेश हुने अन्य कलाकारलाई पनि यसरी सचेत गराइएको छ । अध्यक्षसहित प्रतिष्ठानका पदाधिकारीले बिहीबार अपरान्ह गृह मन्त्रालयमा पुगेर समाजमा अपाच्य हुने खालका गतिविधिमा रोक लगाउनको लागि भन्दै ज्ञापनपत्र समेत बुझाएका थीए । प्रतिष्ठानले गत साता विज्ञप्तिमार्फत लाइभ दोहोरीको नाममा छाडा रुपमा प्रस्तुत नहुन सचेत समेत गराएको थियो ।

यता आफुलाई निलम्बित गरेपछि लोकगायक बालचन्द« बरालले पनि अन्तत मुख खोलेका छन् । उनले भनेका छन्, ‘मलाई दबाबपुर्ण तरीकाले नीकालीयो । घरमा मेरी श्रीमती र छोरी नभएको भए मैले आत्महत्या गरीसक्थे ।’ उनले ¥याप दोहोरी गाउने अरु थुप्रै कलाकारहरु पनि रहेको तर आफूलाई मात्र ताकेता गरेर यस्तो गरीएको बताएका छन् । ‘मैले गाएको दोहोरी दर्शकले रुचाईरहनुभएको छ यसकारण मैलै त्यही प्याटर्नको गीत गाउँदै गए ।’ उनले भनेका छन् । उनले संस्थाबाटै निलम्बित गर्दा दुखे लागेको बताएका छन् । उनले के भनेका छन्, सानो अंश हेरौं ।