नसोचेको माया कमाउँदै बाल गायिका कल्पना बिष्ट

...

असार, काठमाडौँ । बाल गायिका कल्पना बिष्टले बर्षौ संघर्ष गरेर कमाउन नसक्ने कुरा केहि महिनामै कमाइसकेकी छिन् । नेपाली गीतसंगीतको क्षेत्रमा यस्ता कलाकार पनि छन् जो थुप्रै बर्षसम्म संघर्ष गर्छन् । आफ्नो सपना पुरा गर्न सक्दैनन् । तर कल्पनाले नसोचेको भइरहेको छ । अहिलेसम्म कल्पनाले केके र कति कमाइन् होला ? त्यो बिषयमा पनि कुरा गर्दछौं । साथै अहिले कल्पनाले गाएका गीतहरु सबै नेपालको युट्युवको ट्रेन्डिंगमा छन् । 

नेपाली गायन रियालिटी सो ‘द भ्वाइस किड्सको दोस्रो सिजनबाट चर्चामा आएकी थिइन् बालगायिका कल्पना बिष्ट । त्यो समयमा उनी अहिले जस्तो हिट त थिइनन् तर केहि हदसम्म दर्शकले चिनिसकेका थिए । १२ वर्षको कलीलो उमेरमा नै उनले सबैको मन जीतीसकेकी छीन् । सुदूरपश्चिमस्थित बैतडीको सुनर्या गाउँपालिका ५ मा जन्मिएकी कल्पना यतिबेला नेपाली संगीतमा चम्किलो तारा बन्दै छिन्।

कल्पनाले अहिलेसम्म अन्य थुप्रै कलाकारले कमाउन नसकेको कुरा केहि समयमै कमाइरहेकी छिन् । एउटा कलाकारले जीन्दगी भरी कमाउन चाहने भनेका नाम हुन्छ, त्यो नाम कल्पनाले एकैछिनमा कमाइदिइन् । उनले गाएका गीतहरुको भ्युज हेर्ने हो भने त्यो निकै अमुल्य माया हो । उनले लाखौं रुपैया कमाए भन्दा बढी हो । 

अहिले कल्पनाले दिनकै जसो नयाँ–नयाँ गीत रेकर्ड गराइरहेकी छीन् । र कतिपय म्युजिक भिडियोमा समेत अभिनय गरीसकेकी छीन् । उनी काठमाडौं आएको लगभग एक महिना पनि पुगेको छैन तर यता उनले दुई दर्जन हाराहारी गीतमा स्वर दिईसकेकी छन् । जसमध्ये आधा दर्जन बढी गीत त संगीत तर्फको युट्युब ट्रेन्डिङमा छन् । युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा मौरी रसैमा छ । यो गीतमा गायक अर्जन सापकोटा र कल्पनाको स्वर छ ।

kalpana photo.jpg

पछिल्लो समय भोजराज थापाले कल्पनाको घरमै पुगेर गरिबीको अवस्थालाई देखाएर भिडिओ बनाएपछि दर्शकको नजरमा परेकी कल्पनाको पहिलो गीत पनि मौरी रसैमा हो । गायक अर्जुन सापकोटा पनि कल्पनाको घरमै पुगेका थिए र काठमाडौंसम्म लिएर आएका थिए । मौरी रसैमा गीतलाई युट्युवमा ३४ लाख पटक हेरिएको छ । यो पनि कल्पनाले कमाएको निकै ठुलो माया हो । 

यस्तै गायक एवं सर्जक बसन्त थापाको शब्द तथा संगीतमा कल्पनाले गाएको लेकमा फूल्योे लालिगुराँस, गायक सागर बिसीसँग गाएको फूल रसैको, त्यस्तै कल्पना र अर्जुन सापकोटाको स्वर रहेको डालीमा बसेछ चरी लगायत कल्पना र गायिका रचना रिमालको स्वर रहेको दिदी बहिनी पनि ट्रेन्डिङमै छ । उनलाई वसन्त थापा, विष्णु खत्री, नरेश जोगी, अलिफ खान, अर्जुन सापकोटा, नरेश खाती, सागर बीसीलगायत थुप्रै नेपाली संगीतमा क्षेत्रका चर्चित गीतकार तथा संगीतकारहरूले साथ दिइरहेका छन्।

कल्पनाले सानी सानी छु, पैसो, नाइँ न भन ल, हेर्दा त सोझी छ, नीलो गग, मेरो दुःख मेरो पीडा, रोग लाग्यो बैँसको बोलको देउडा गीत, ए परदेशी दाजै बोलका गीत गाइसकेकी छन्।  एकै महिनामा एउटै कलाकारको यति धेरै गीत एकसाथ ट्रेन्डिङमा देखिएको सम्भवतः ईतिहासमै पहिलोपटक हो । युट्युबर भोजराज थापाले केही समयअघि कल्पनालाई काठमाडौँ ल्याएका हुन् । युटुबर भोजराजले कल्पनाको घरमा पानीको धारा समेत जडान गरीदीएका छन् । अब कल्पना आफ्नो साँगीतीक करीयरको उडान भर्दे काठमान्डौमै बसेर अध्यन गर्नेछिन् ।