रमेशराजको संगीतमा समिक्षाले गाएको ‘आगो’ गीत सार्वजनिक

...

असार, काठमाडौँ । आफैमा गायक समेत रहेका रमेशराज भट्टराईले संगीतबद्ध गरेको गीत ‘आगो’ को भिडिओ सार्वजनिक गरिएको छ । इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिएकी छिन् ।

झण्डै दुई दशक देखि नेपाली संगीत क्षेत्रमा रमेशराज सक्रिय छन् । सार्वजनिक गीतको शब्द भने रमेश विजीले कोरेका हुन् । एक नारीले आफू को हुँ भन्ने बयान गीतमा गरिएको छ । भिडियोमा मोडल आश्मा विश्वकर्मा फिचर छिन् । शान थापाले निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । मोडल आश्मालाई नचाउने काम राजिव समरले गरेका छन् ।

सार्वजनिक नयाँ गीत ‘आगो’लाई दर्शक श्रोताले मन पराउनेमा संगीतकार रमेशराज भट्टराई आशावादी छन् ।