टिका प्रसाईंको मौलिक तीज गीत ‘माया बस्यो संगिनी’ सार्वजनिक

...

काठमाडौँ । गायिका टिका प्रसाईँको यसबर्षको तीज गीत ‘माया बस्यो संगिनी’ सार्वजनिक गरिएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

गीतको भिडिओलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडिओमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन् ।