आजभोली कहाँ के गर्दैछिन् नायिका सुस्मा कार्की ?

...

काठमाडौँ । उध्रेको चोली छ है त्याहि पनि लाईन्छ गीत सुन्ने बित्तिकै तपाईलाई नायिका सुस्मा कार्कीको याद आउछ ? अथवा एउट स्टेजमा ५ मिनेट डान्स गरेको कति लिनुहुन्छ भन्दा ३ लाख चार्ज गर्छु भनेको भिडिओ भाइरल भएको थाहा छ ? चर्चामा भइरहने नायिका सुस्मा कार्की त्यो भए आजभोली कता हराइन् ? के गर्दैछिन् ? बिदेश पलायन भएकी हुन् ? कि नेपालमा फिल्ममा काम नपाएर हराएकी हुन् ।

नायिका सुस्मा कार्कीलाई चिनाउने भिडिओ अहिलेसम्म पनि लुट फील्ममा समावेश उध्रेको चोली छ है त्यहिपनि लाईन्छ गीत नै हो । त्यसपछि उनले केहि काम त गरिन् तर त्यस्तो नोटिस हुने काम भएनन् । बरु उनको ब्यक्तिगत जीवनका कुराहरुको चर्चा भइराख्यो । कहिले प्रेमीसँगका, कहिले पुजा शर्मासँगको बिग्रेको सम्बन्धको कुरा त कहिले ५ मिनेट डान्स गरेको ३ लाख चार्ज गर्ने कुरा ।

सुस्माले सलमान खानलाई भेटेर तस्वीर खिचाएपछि त झन् चर्चामा आईन् । हट एण्ड ग्यालल्यमर्सका कारणले नायिका सुस्माको अझै पनि बेला बेलामा चर्चा हुने गर्दछ । मोडलिङबाट करियर सुरू गरेकी सुस्माले चलचित्र मेरो एउटा साथी छ बाट चलचित्रमा डेभ्यू गरेकी हुन् । सुस्मालाई दर्शकले नायिका भन्दा पनि आइटम गर्लको रुपमा रुचाउछन् । उनले बिन्दास, बिन्दास २, बाउन्सर, लुट र सालि कस्को भेनाको लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनी सुन्दरता, गेटअप र उनले स्तनमा खोपेको ट्याटुका कारणले चर्चामा आइरहन्छिन् । तर नायिका कार्की आजभोली चलचित्रमा भन्दा पनि विदेशमा हुने स्टेज प्रोग्राममा बढि ब्यस्त छिन् । र अहिले लामो समयदेखी उनी परदेशमै रमाईरहेकी छीन् । पछिल्लो समय उनी अभीनीत चलचीत्र उपहार हो । फील्मको छायाङ्कन सकेर अष्ट्रेलीया उडेकी उनी उतै रमाईरहेकी छीन् । उनले रेखा थापाको फील्म उपहारको डबिङ समेत उतैबाट गरेकी थिइन् । यतिबेला उनी अष्ट्रेलियामा छिन् । अष्ट्रेलीया गएको पनि धेरै समय भईसकेको छ तर उनी नेपाल फर्कीएकी छैनन् । यसकारण धेरैले के अब उनले उतै घरजम गर्न लागेकी हुन् की भन्ने अड्कल पनि काटिरहेका छन् । यद्यपी उनले भने यो विषयमा केही खुलाएकी छैनन् ।

नेपालमा रहदा विवाद र आलोचना मात्रै खेपीरहेकी सुस्मा अस्ट्रेलिया पुगेर निकै मौन बसीरहेकी छिन् । उनको यो मौनता कतिन्जेल कायम रहन्छ या उनी उतै नै सेटल भएर बस्छिन् अथवा नेपाल फर्कीएर पुन पहिलेजस्तै उथलपुथल मच्चाउछिन् त्यो भने समयले बताउँला ।

Video Report: