मिस एण्ड मिसेस नेशनल क्विन २०२४ को अडिसन सम्पन्न

...

भदौ, काठमाडौँ । मिस एण्ड मिसेस नेशनल क्विन २०२४ को अडिसन सम्पन्न भएको छ । काठमाडौंको दरबारमार्गस्थित एक लाउन्चमा आयोजीत कार्यक्रममा २५ जनाको अडिसन गरिएको आयोजक संस्था ओएसिस इन्टरटेन्मेन्ट एण्ड ईभेन्ट हवले जनाएको छ । गएको शनिबार सम्पन्न अडिसनमा काठमाडौं लगायत बिभिन्न ठाउँबाट महिलाहरुले सहभागीता जनाएका थिए ।

यो एक विवाहित र अविवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता हो । आयोजक संस्थाकी अध्यक्ष सुशिला थापाले यस प्रतियोगीताले सहभागी महिलाहरुको क्षमतामा बृद्धि गर्ने बताउँछिन् । ‘कार्यक्रमले सामाजिक हुन सिकाउने देखी, बौद्धिक क्षमतामा बिकास गर्नेछ ।’ उनले भनेकी छिन् । ‘हाम्रो जोड नै महिला सशक्तिकरणमा हो । अझ विवाहित महिलाहरु जो गृहणी हुनुहुन्छ । घरमा मात्र सिमित नभएर बाहिरको काममा पनि हाम्रो क्षमता देखाउनुपर्छ ।’

यस प्रतियोगीताको फिनाले आगामी असोज १० गते राष्ट्रिय नाचघर जमलमा हुने बताइएको छ । मिस एण्ड मिसेस नेशनल क्विन २०२४ सँग ब्राइट फ्युचर डान्स सेन्टरले सहकार्य गरेको छ । उक्त डान्स सेन्टरका अध्यक्ष शुसान्त आर.टीका अनुसार अडिसनमा सहभागी विवाहित र अविवाहित महिलाहरुले देखाएको उत्सुकता बारे सुनाए । शुसान्तका अनुसार अविवाहित सँगै विवाहित महिलाहरुको सहभागीता पनि उत्तिकै संख्यामा रहेको छ ।