तीजमा उत्ताउला गीत बढी आएः नारायण रायमाझी

...

काठमाडौँ । वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले पछिल्लो समय तीजको समयमा उत्ताउला गीत बढी आएको बताएका छन् । शुक्रबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले ललितपुरमा रहेको न्यु मिलेनियम स्कुलमा आयोजना गरेको ‘तीजका गीत कस्ता बने’बोलको गीत सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै रायमाझीले तीजको समयमा पछिल्लो समय बढी उत्ताउला र भड्किला गीत आउने गरेको बताएका हुन् ।

‘पहिले पहिले नारीहरुको बेदनालाई तीज गीतमा उतारिन्थ्यो । चौतारीमा बसेर, आँगनीमा बसेर नारीहरुले आफ्नो बेदना गीतमा उतारेको देखिन्थ्यो तर आजभोली त्यस्ता गीत देख्न कम भएको छ ।’ रायमाझीले भने । ‘केहिबर्ष अगाडी सम्म दुर्गेश थापाको गीतलाई उत्ताउला गीत भनिन्थ्यो तर अहिले आएको गीत हेर्दा दुर्गेशका गीत सभ्य लाग्ने भइसक्यो ।’

Narayan Raymajhi

साथै उनले गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’बोलको सार्वजनिक तीज गीतलाई लिएर प्रसंशा गरे । अमेरिकाको आधुनिक शिक्षा पढेर फर्केकीनारीले नेपालको मौलिकतालाई बुझेर तीज गीत निकालेको भन्दै उनले शुभकामना दिए । उनले अगाडी भनेकाछन्, ‘अरु यहाँ बर्षौदेखी बसेर यहिको रितिरिवाज बुझेकाले पनि यत्तिको गीत गर्नसकेको देखिदैन । कविता जीको यो मौलिकता र तीज गीत प्रतिको राम्रो सोचलाई धन्यवाद र बधाई दिन चाहान्छु ।’

यो पनि पढ्नुहोस्ः