संघर्षले बनेकी दीपाश्री निरौला, ५० को नजिक पुगिन्, भन्छिन्- कामले गर्दा बिहे गर्ने फुर्सद भएन

...

काठमाडौँ । अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला र अभिनेता दिपकराज गिरी नेपाली कला क्षेत्रमा निकै रुचाइएको जोडी हो । फिल्ममा भिलेन भएर खेल्ने कलाकार गाउँघरमा जाँदा यो त साच्चैनै गुण्डा हो भनेर लखेट्ने दर्शकले त दिपक र दीपालाई श्रीमान श्रीमती नै मान्छन् । कहिले काँही दिपकराज एक्लै कतै गएभने तपाईको श्रीमती खै त आज भन्ने गर्छन् । यस्तै दीपाश्री लाई पनि तपाईको श्रीमान दिपक खै भन्ने प्रश्न गर्छन् । यो त उनीहरुले बर्षौदेखी सुन्दै देख्दै आएका छन् । दर्शकले बनाइदिएको जोडी भएकाले दर्शकले जे भनेपनि सुनिदिन्छन्, हाँसिदिन्छन् ।

गएको शुक्रबार दीपाश्री निरौलाले जन्मदिन मनाइन् । उनी लगभग ५० बर्षको हाराहारीमा पुगिसकेकी छिन् । उनी विसं २०३२ भदौ ७ गते विराटनगरमा जन्मिएकी हुन् । उनका नजिकका साथी उनै दिपकराज गिरीले जन्मदिनको अवसरमा एक मिठो स्टाटस राखेका थिए । सायद तपाईले पढ्नुपनि भयो कि । यदि पढ्नुभएको छैन भने एकपटक हेरौं ।

बिहानै उठेर शब्दको फूलबारिमा छिरे,
तिम्रा लागि सुन्दर शब्द टिप्छू भनेर ।
शब्दको माला बनाउन बगैचामा फूलहरू,
सधै झै आज पनि अपुग नै थिए ।
जति शब्दहरू भेटे त्यसैको माला उन्दैछू
कनिकुथि ती शब्दहरूको सानो कथा बु्न्दैछु ।
अरूले खाएको देखेर आफू अघाउने,
अरूको पिडामा आफ्नो ऑशु बगाउने ।
तिमि जस्तो निष्कपट साथि कहॉ पाइन्छ,
यो भन्दा बढि लेख्न अब शब्दकोश नै चाहिन्छ ।
जन्मदिनको हार्दिक शुभकामना साथि भन्दै उनले दिपाश्रीको प्रशंसा गरेका छन् ।

दीपाश्रीले जीवनमा संघर्ष धेरै गरेकी छिन् । बिशेषगरी दीपाश्री र दीपकको भेटपछि उनीहरु दुबैजनाको करिअर राम्रो भयो । बि.स. २०५४ सालमा पहिलोपटक फिल्ममा अभिनय गरेकी दीपालाई ‘गाउँले’ चलचित्रमा समावेश गीत ‘गोली सिसाको’ ले चर्चा दिलाएको हो । उक्त गीतमा राजेश हमालसँग नृत्य गरेकी दीपाले राम्रो चर्चा बटुलिन् । दीपाले यो सफलता सजिलै पाएकी भने होइनन् । विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमाडौंमा धेरै संघर्ष गर्नु भयो । दिपक र उनको भेट २०५० सालतिर भएको हो । रेडियो नेपालमा कामका लागि पुगेकी दीपाले दीपकलाई पहिलोपटक भेटेकी थिईन् ।

dipak raj giri and dipa shree niraula

त्यसपछि यी दुईले सहकार्यको सुरुवात गरे । दीपकलाई धनिया क्यारेक्टर चाहिएको बेला दिपा तराईको भएकाले दिपकले काम गर्न अफर गरेका थिए र त्यहीबाट यी दुईको सहकार्य सुरु भयो । त्यहि धनिया र रामबिलासको सहकार्यलेनै तीतो–सत्य हुँदै ठूलो पर्दाको चलचित्रसम्म निरन्तरता पायो । दिपा ५० को उमेरको हाराहारीमा पुग्दो धेरैले किन विवाह गर्नुभएन भन्ने प्रश्न गर्छन् । उनले यस्तो प्रश्नमा भन्छिन्, ‘सायद म करियरमा बढी फोकस भएँ । माया, प्रेम सम्बन्धभन्दा मैले त्यो समयमा करियरलाई नै रोजे । किनकि सानैदेखि मलाई अभिनय गर्छु भन्ने लागेको थियो ।’ उनले विवाह नभएकोमा केहि गुनासो छैन भनेकी छिन् । उनले भनेकी छिन्, ‘लेखेको छ भने पक्कैएकदिन विहे होला भन्ने गरेकी छिन् ।’ उनी जीवनसाथी नपाए पनि आफूले माया गर्ने साथी पाएको भन्दै मन बुझाउपछिन् । । उनलाई धेरै ठाउँमा विवाहकै प्रश्न सोधिन्छ । उनले धेरै ठाउँमा भन्ने गरेकी छिन् , काम गर्दा गर्दै बिहे गर्ने फुर्सद नै भएन । म काठमाडौं काम गर्न आएकी थिएँ काममै व्यस्त भईरहेको छु ।

dipaa shree niraula photo

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै कमाउने चलचित्रको लिस्टमा पनि दीपक र दिपाश्रीकै चलचित्र छक्का पन्जाको नाम अगाडी आउँछ । यो जोडीले दर्शकको मन र दिमागलाई बुझेर चलचित्र बनाउने गरेका छन् । बर्षमा एउटा चलचित्र बनाउँछन् तर उत्कृष्ट बनाउँछन् । अहिले पनि यो जोडीले छक्का पन्जा ५ चलचित्र बनाएका छन् । यो चलचित्र आउँदो असोज २४ फुलपातीको दिन रिलिज हुने तयारीमा छ ।