बिष्णुको गीत हिट भएपछि रिता थापा लेख्छिन्, ‘के नै तामझाम गर्नुपर्ने रहेछ र’

...

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले गायिका बिष्णु माझीको भर्खर सार्वजनिक तीज गीत सेयर गर्दै प्रशंसा गरेकी छिन् । उनले के नै तामझाम गर्नुपर्ने रहेछ र ? भन्दै एक उदाहरणीय कृति ल्याएकोमा बधाई तथा शुभकामना दिएकी छिन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘के नै तामझाम गर्नुपर्ने रहेछ र ? सर्जकले राम्रो सृजना गरिदिए, गाउनेले राम्रो गाईदिए, भिडियो बनाउनेले राम्रो बनाईदिए त कृतिले कीर्तिमान रच्दो रहेछ त। एक उदाहरणीय कृतिले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा त्राण दिनुभएकोमा प्यारो साथी सुन्दरमणि अधिकारी र बहिनी बिष्णु माझीलाई स सम्मान बधाई तथा शुभकामना ।’

गायिका बिष्णु माझीको सार्वजनिक ‘आइन आमा यो तीजमा’ गीत युट्युवमा सार्वजनिक भएको दुईदिनमै झण्डै ३० लाख पटक हेरिएको छ । नेपाली गीतसंगीतको इतिहासमै यतिछिटो हेरिएको पहिलोपटक हो । गीतमा बिष्णुको आवाजसँगै सुन्दरमणी अधिकारीको लय, शब्द रहेको छ ।

पछिल्लो समय तीजमा बिकृती फैलाउने गीत आए भनिरहदा बिष्णुले दिएको मौलिकता गीतको प्रसंशा भइरहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि यसबिषयमा बेलाबेलामा बहस चलाउने गरेको छ । लोकगीत क्षेत्रका श्रृष्टाहरुलाई सभ्य गीत ल्याउन आग्रह गरिरहेको हुन्छ । तर पनि कतिपयले क्षणिक लोकप्रियताका लागी दुईअर्थिय शब्द राख्ने, गीतको भिडिओका दृश्य अपाच्य किसिमका राखेर सार्वजनिक गरिरहेको देखिन्छ ।

यो पनि पढ्नुहोस् । 

विष्णु माझीका श्रीमानः आफू सधै भिडिओमा देखिन्छन्, श्रीमती गुमनाम

गायिका बिष्णु माझीका १० रोचक कुराहरु

हामीजस्ता अनुजसँग पनि बिष्णु माझीले गीत गाइदिए हुन्थ्यो