शान्तिश्री र बिन्ती कुमारको ‘घुम्दै घुम्दै आको’लाई सकारात्मक प्रतिक्रिया

...

काठमाडौँ । तीनसाता अघि सार्वजनिक गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वरमा रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडियोले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गायक स्वयमकै शब्द, सङ्गीत तथा लयमा तयार भएको गीतलाई अहिलेसम्म २ लाख बढी पटक युट्युवमा हेरिएको छ ।

अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायाङ्कन गरेका हुन्। भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो। जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरूको अभिनय देख्न सकिन्छ । भिडियो गुरुङ समुदायमा प्रचलित रोधी संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरू मौलिक गुरुङ भेसभुसामा सजिएको देख्न सकिन्छ ।

सार्वजनिक गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायाङ्कन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन्। गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन्।