प्रिमियरमा ‘खुस्मा’लाई सकारात्मक प्रतिक्रिया (तस्बिर)

...

काठमाडौँ । चलचित्र ‘खुस्मा’को प्रिमियर गरिएको छ । प्रिमियरमा उपस्थिती कलाकर्मी तथा सन्चारकर्मीबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । यो चलचित्र यहि असोज ३ गते (शुक्रबार)बाट प्रदर्शनमा आउने तयारीमा छ ।
मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा आयोजीत भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको चलचित्र हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि चलचित्र हेर्न हल पुगेका थिए ।

चलचित्र हेरेर हलबाट निस्कदै गर्दा सवैले चलचित्र उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । सिनेमा सिनेमा का मगर्ने हरेक कलाकारले उत्कृष्ट काम गरेको उपस्थित पाहुनाहरुको भनाई थियो । प्रिमियर शोमा चलचित्र हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै सिनेमाकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन् ।

dhiraj magar and upasana singh thakuri

प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा चलचित्र जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

dhiraj magar and upasana singh thakuri

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा चलचित्रको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्कको संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

dhiraj magar and upasana singh thakuri