‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’ को ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले असोज १२ मा

...

काठमाडौँ । ‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’को ट्यालेन्ट राउण्ड सम्पन भएको छ । प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए । यो सँगै ग्राण्ड फिनाले यहि असोज १२ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा हुने बताइएको छ ।

miss and misses universal 2024

स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा हुँदै आएको ‘मिस एण्ड मिसेस युनिभर्सल’को यो तेस्रो सिजन हो । तेस्रो सिजनसम्म आइपुग्दा आयोजक कम्पनीले प्रतियोगीहरुलाई थप क्षमतावान बनाउँदै ल्याएको छ । आयोजक संस्थाकी अध्यक्ष निती श्रेष्ठका अनुसार शोको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले बिभिन्न जातिको कला संस्कृति भेषभूषा, रिति रिवाज झल्कने प्रस्तती दिएका थिए । विवाहित तथा अविवाहित महिलाहरुले नृत्य, नाटकसँगै आ-आफ्नो प्रतिभा देखाएका थिए ।

miss and misses universal 2024

अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘हामीले महिला दिदीबहिनीहरुको क्षमतालाई बृद्ध गर्ने उद्देश्यले यो शो गर्दै आएका छौं । तीन सिजनसम्म आइपुग्दा हामीमा पनि अनुभव बढ्दै गएको छ । महिलाहरु घरको काम मात्रै होइन, बाहिरको काममा पनि अगाडी बढ्नुपर्छ र क्षमतालाई बृद्धि गर्नुपर्छ भन्ने लाग्छ ।’

miss and misses universal 2024

उक्त प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैंया सहित, बिभिन्न ब्राण्डको तर्फबाट गिफ्ट प्राप्त गर्नेछन् । फिनालेमा जम्मा १२ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा मिसको तर्फबाट ६ जना र मिसेसको तर्फबाट ६ जनाले प्रतिस्पर्धा गर्नेछन् । शोको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन् ।