दिपकराज गिरी र जितु नेपालको लडाई, फिल्मलाई फाइदा कि घाटा ?

...

काठमाडौँ । पछिल्लो केहिसमय यतिा कलाकार दिपकराज गिरी र जितु नेपाल बिचको सम्बन्धका कुराहरु बाहिर आइरहेका छन् । केहि समय अघिसम्म मन मुटाव छ रे भन्ने कुरा कहिले काँही सुनिन्थ्यो तर अहिले यी दुई कलाकारको एकै मिति (असोज २४)मा चलचित्र रिलिज हुँदैछ । त्यसैले पनि यी दुई बिचको सम्बन्धको कुरा दिनहुँ बाहिर आइरहेको छ । दुबैजनाले एकअर्कालाई ब्यंग्य गर्न थालेका छन् ।

अहिले झन् चलचित्र रिलिजको मिति नजिक आउँदा एकअर्कालाई ब्यंग्य गर्ने र गुनासो गर्ने काम छाडेका छैनन् । दिपकराज गिरीको ‘छक्का पन्जा ५’ र जितु नेपालको ‘ज्वाई साब’ एउटै मितिमा आउने पक्का भएपछि चलचित्रनगरीमा थप चर्चा बढेको हो । त्यसैले पनि यि दुई बिच अझै बढी दुश्मनी जस्तो देखिएको छ । कहिले दिपकराज गिरीले स्टाटस राखेर ब्यंग्य गर्छन् भने कहिले जितु नेपालले अन्तर्वार्ताहरुमा त्यति सम्म नगरिदिएको भए हुन्थ्यो भन्दै बोलिदिन्छन् ।

केहिदिन अघिको एक टेलिभिजन अन्तर्वार्तामा जितु नेपालले दिपकको बिषयमा केहि बोलेका छन् । यता दिपकराज गिरीले आज एउटा स्टाटस लेखेका छन् । उनको यो स्टाटस जितु नेपालकै लागी हो भन्दै हजारौं प्रतिक्रिया आएका छन् । दिपकले लेखेको स्टाटस यस्तो छ, ‘हामी सबै सँग कमजोरीहरू छन्, बुझ्नेले आफूलाइ सुधार्न तिर लाग्छ । नबुझ्नेले अरूको कमजोरी औल्याउन थाल्छ, शुभदिन ।’  दिपकको यो स्टाटस जितु नेपाल लक्षित छ भन्ने प्रतिक्रिया अधिकांश छ । केहिदिन अघि जितु नेपालले दिपकराज गिरीलाई भनेको कुराको उत्तर स्वरुप दिपकले यो स्टाटस राखेका हुन् कि भन्न आँकलन गर्न सकिन्छ ।
Deepak raj giri and jitu nepal
दिपक राज गिरीको स्टाटसमा एक सामाजिक प्रयोगकर्ताले मन छुने प्रतिक्रिया दिएका छन् । यादव पोखरेलले लेखेका छन्, ‘हिजो साझ प्रकाश सुवेदी शोमा मुन्द्रेको इन्टरभिउ हेरेको थिए, बिचरो गुनासो गर्दै थिए दाजु सबैजना मिलेका थियौ र त प्राजेक्ट सफल थियो, सबै खुशी थियौ।दुई दिनको जिन्दगी मरेर जाने चोला हो आ-आफ्नो कमिकम्जोरी स्विकार गरेर अगाडि बढ, पैसा नै सबथोक होइन। आफ्ना र आफ्नो भएनन् भने त्यो पैसाको के काम ?’

यस्तै एकजना मुस्कान न्यौपाने नाम गरेका सामाजिक प्रयोगकर्ताले त ‘मुन्द्रेको कुरा सुनेर हाम्रो घर परिवारका सदस्यले छक्का पन्जा फिल्म युटुब मा हेर्ने निधो गरिम महानायक ज्यु..’ भन्दै लेखेका छन् । यस्तै भिम लामाले अर्को महत्वपुर्ण प्रतिक्रिया दिएका छन् । ‘जितुले सुवेदी काकाको कार्यक्रम बाट मबाट पनि गल्ती भएको थियो भनी आफ्नो गल्तीको महसुस गरे । त्यस्तै तपाईंबाट पनि गल्ती भएको रहेछ अब गल्तिको महसुस गर्ने सरि भन्ने पालो तपाईंको । फुटेर होइन एकता मा शक्ति हुन्छ ,त्यो तपाईं हरुको एकताको शक्ति र खुशी हेर्न हामी चाहन्छौ ।’

यसरी प्रतिक्रिया हेर्दा अधिकांशले जितु नेपालको अन्तर्वार्ता हेरेपछि जितु नेपालको कुरा ठिक लाग्यो भन्दै जितु नेपालको पक्षमा उभिएका छन् । आउँदो दशैंमा दिपक र जितुसँगै बिराज भट्टको ‘१२ गाउँ’ चलचित्र पनि सँगै रिलिज हुँदैछ ।

दिपक र जितुको मनमुटाव अहिले मात्र हैन, जब जितुले दिपाश्री निरौलालाई आफ्नो टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबबाट आउट गरे त्यो बेला देखी सुरु भएको थियो । तर अहिले कुराहरु बाहिर आइरहनुमा दुबैजनाले यहि कुराबाट चलचित्र प्रमोशनको फण्डा बनाइरहेका छन् कि भन्ने चर्चा पनि चलिरहेको छ । यो कुराले चर्चा बढेसँगै हलमा दर्शक बढ्लान् त ?