युनिष शाहीको ‘मन भारी’ गीतमा सकारात्मक प्रतिक्रिया

...

काठमाडौँ । गायक युनिष शाहीले दुई दिन अघि सार्वजनिक गरेको नयाँ गीत ‘मन भारी’मा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । कसमस इन्टरटेनमेन्टको प्रस्तुतिमा युनिषको स्वर रहेको उक्त गीतको भिडिओ चंगा प्रडक्सनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा मिक्सिङ र मास्टरिङ ,संगीत निर्माण सास्वत श्रेष्ठले गरेका छन् भने कमेडियन तथा कलाकार सुजन जिम्बा र सब्बु गुरुङको अभिनय रहेको छ । चंगा प्रडक्सनको बनाएको भिडियोलाइ निकोलस गुरुङको निर्देशन रहेको छ । गायक युनिषले यसअघि धारिलो तिर गीत सार्वजनिक गरेका थिए ।