प्रकाश दुतरातको नयाँ गीत ‘रेशम’ सार्वजनिक

...

काठमाडौँ । मौलिकता गीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक प्रकाश दुतरातले नयाँ गीत ‘रेशम’ सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युव च्यानलमा भिडिओ सार्वजनिक गरेका छन् । यो गीत उनले ११ महिना पछि सार्वजनिक गरेका हुन् । यसअघि रिमै गीत सार्वजनिक गरेका थिए । जसलाइ युट्युवमा ४ करोड माथी पटक हेरिएको छ ।

अहिले सार्वजकि ‘रेशम’ गीतमा प्रकाश सँगै मेलिना राईको स्वर छ । प्रकाश र मेलिनाको यो ‘जुन माया’ र ‘रिमै’ पछिको सहकार्य हो । गीतको शब्द र संगीत प्रकाशकै हो। संगीत संयोजन बि.बि अनुरागीले गरेका छन् ।  भिडिओमा एक गोठालोको प्रेम कथालाई देखाइएको छ ।

भिडिओमा गायक प्रकाशसँगै बिमला लिम्बुको अभिनय छ। मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो। अनिल के. मानन्धरको छायांकन रहेको भिडिओमा नवीन घर्ती मगरको सम्पादन छ ।   धादिङको उत्तरी भेगमा पर्ने रूबी भ्यालीमा ६ दिन लगाएर यसको भिडिओ खिचिएको हो ।