‘ज्वाईँ साब’को स्क्रिप्टले तानेपछि जोडिएका हिमेश पन्त

...

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कलाकार हिमेश पन्त यही बिहीबार फूलपातीको दिनबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन् । डेब्यू फिल्म ‘वर एण्ड बधु’ पछि हिमेशको यो दोस्रो फिल्म हो ।

वर एण्ड बधुमा अनुबन्धित भएपछि बीचको केही समय उनी राजनीतिमा आबद्ध भए । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को प्रतिनिधित्व गर्दै उनी धादिङबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार नै भए । तर उनले चुनाव जित्न सकेनन् ।

‘राजनीतिमै हुँदा मलाई फिल्मको अफर आएको हो । उहाँहरुले ‘तपाईं त राजनीतिमा हुनुहुन्छ, अब फिल्म गर्नुहुन्न कि के छ रु कमव्याक हुने कि नहुने रु भनेर सोध्नुभयो । मेरो चाहना कमेडीमा कमव्याक हुने नै थियो । फिल्म भनेको त ठूलो पर्दाको कुरा भयो । केही शो गर्ने पनि योजना थियो । अहिले कमेडी दरबार गरिरहेको छु । यही क्रममा ‘ज्वाइँ साब’को कुरा आयो र फिल्ममा जोडिएँ’, हिमेश भन्छन् ।

‘ज्वाइँ साब’ आफ्नो लागि फरक रहेको हिमेशको बुझाई छ । ‘ज्वाइँ साबको स्क्रिप्ट पढ्दा हाँसेको हाँसेकै भएँ । फिल्मले राम्रै गर्ला जस्तो महशुस भएर यसमा जोडएँ । ज्वाइँ साबको जस्तो कथा मैले यसअघि सुनेको थिइनँ र कथा कमेडी क्रिएट गर्ने किसिमको छ । कमेडीमा फर्मुला हुन्छ । तर, यसमा अलिकति बढी केही निस्कियो भने त्यसले कमेडी क्रिएट गर्छ’, उनले भने ।

हिमेशका अनुसार फिल्ममा उनी ‘घने’ क्यारेक्टरमा छन् । ‘घनेसँगै जितु नेपाल दाई, बुद्धि तामाङको पारिवारिक पृष्ठभमि फरक हुन्छ । त्यो पात्र विदेश जाने सोच बनाउँछ, तर जाँदैन । उसको मिसन नै फरक हुन्छ । मैले मध्यम वर्गीय परिवारको अनेक समस्या भोगेको युवकको भूमिका निभएको छु’, हिमेश भन्छन् ।

फिल्मको ट्रेलरमा हिमेशले ज्वाइँ बन्नका लागि अन्य कलाकारसँगै प्रतिष्पर्धा गर्छन् । उनले ज्वाइँ बन्न निकै संघर्ष गर्नु परेको खुलाए । तर वास्तविकतामा भने त्यस्तो संघर्ष अहिलेसम्म गर्नु नपरेको उनले बताए । ‘म आफ्नो फिल्डमा केही न केही राम्रै गरिरहेको मान्छे हुनाले सजिलो पनि छ । प्रस्तावहरु पनि टन्नै आउँछ । म आफैं त्यसमा जान चाहन्नँ । काममा फोकस छु’, उनी भन्छन् ।

हिमेश कमेडी पछि एक्सन फिल्म गर्न चाहन्छन् । ‘कमेडीबाहेक मलाई एक्सन जनरामा सुट गर्छ जस्तो लाग्छ । मैले फिल्म ‘शमशेर’मा अनुहारको आधा भाग चलेको क्यारेक्टरमा अभिनय गर्न साइन गरेको थिएँ । तर फिल्म बनेन् । मेरो चासो एक्सनमा पनि छ’, उनी भन्छन् ।

हिमेशलाई फिल्ममा ‘हिरो’ अथवा ‘लिड क्यारेक्टर’ मा काम गर्ने इच्छा छ । ‘अहिले तुरुन्तै भन्ने छैन । कामको अनुभव लिएपछि भविष्यमा म आफूले बबालै गर्न सक्छु भन्ने लागे पछि मात्र हिरो अथवा लिड क्यारेक्टरमा काम गर्छु’, उनी भन्छन् ।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।