दशैं भन्ने बित्तिकै सानो उमेरकै झल्को आउँछः भुवन केसी

...

काठमाडौँ । सुपरस्टार भुवन केसीले सम्पुर्ण नेपालीहरुमा दशैंको शुभकामना दिएका छन् । दशैंअघि आएको बाढीप्रकोपको बिपद्ले धेरैलाई मर्माहत बनाएको भन्दै उनले दुख ब्यक्त समेत गरेका छन् । ‘यो दुखद घडीमा सम्हालिन अनुरोध गर्दछु । साथै दशैं मनाउनुहुने सम्पुर्णलाई शुभकामना ब्यक्त गर्दछु ।’ अभिनेता केसीले आर्टिष्ट खबरसँग कुरागर्दै भनेका छन् । ‘पहिलेको जस्तै दशैं नहुनसक्छ तै पनि सम्हालिएर दशैं मनाउनुहुन अनुरोध गर्दछु ।’

अभिनेता केसीले काठमाडौं पुरानो बानेश्वरस्थित आफ्नै घरमा दशैं मनाउँदैछन् । दशैं पछि एक कार्यक्रमका लागी अमेरिका जाने तयारी भएको उनले सुनाएका छन् । दशैं भन्ने बित्तिकै कुन कुराको बढी सम्झना आउँछ भन्ने प्रश्नमा केसी भन्छन्, ‘दशैं भन्ने बित्तिकै सानो छँदा साथीभाईसँग खेलेको याद बढी हुन्छ । दशैंको रौनक सानो उमेरमा निकै हुन्थ्यो ।’
Video