काठमाडौँ । नयाँ गीत मायामा ‘ठ्याक्क ठुक्क’ चलिरहन्छ सार्वजनिक गरिएको छ । गएको बिहीबार एक कार्यक्रमका बिच सार्वजनिक उक्त गीतमा नबिन पौडेल र बेनिषा पौडेलको स्वर रहेको छ । यस्तै शब्द र संगीत जगत तिरुवाको रहेको छ ।
रोमान्टिक, डान्सिङ शैली्को यो म्युजिक भिडियोको कथा सोहि टोलीको म्युजिक भिडियो ‘अठार कट्यौ कि कटेनौ’ को कथाबाट निरन्तरा दिइएको छ । म्युजिक भिडिओमा डान्स, रोमान्स, केहि बोल्ड दृश्य कलात्मक ढ्ङ बाट देखाएका छन् । साथै भिडिओमा देखिने कमेडि दृश्यहरुले भिडिओलाई थप रमाइलो बनाएको छ । डान्सिङ र कमेडि शैलीको म्युजिक भिडिओ बनाउन माहिर निर्देशक गम्भिर विष्ट यस म्युजिक भिडिओको पनि निर्देशक हुन् ।
भिडिओमा सुमन ज्योती न्यौपाने (ल्याङ्री दादा), उमेश बराल (विश्व) , सुरक्षा इटानी, नेहा गौतम , सुरेन्द्र बसेल लगायत कलाकारको अभिनय रहेको छ । रोशन विश्वक्रमाको कोरियोग्राफि, राकेश दाहालको सम्पादन, कलर, पोस्टर डिजाइन प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ , सह निर्देशक सुरेन्द्र बसेलको रहेको छ। जे अ्म डि कृयसनले निर्माण गरेको भिडिओ जेएमडी क्रिएसन प्रिचेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।