काठमाडौँ । ज्योती मगरकी आमा भन्छीन् मलाई छोरीले सरकारी जागीर खाओस् भन्ने लाग्थ्यो, अहिले गायीका भईन् खुसी नै छुु ।
आमा अमृता बाठा मगरकी कान्छी छोरी हुन् ज्योती मगर । आमा पनी ज्योती मगर जस्तै रमाईली र बोलीरहने स्वभावकी छीन् ।
उमेरले उनी ६० कटिसकेकी छीन् तर ज्योती मगर जस्तै उनकी आमा पनि हसीली,फुुर्तिली नै देखिन्छिन् । एक जना दिदि र एक भाई भएकी ज्योती मगर माईली सन्तान हुन् । ज्योतीकी आमा अहिले छोरीको प्रगतीले दंग छीन् । उनी भन्छीन् छोरीले बिदेश घुमाउन लान्छुु भनेर पासपोर्ट पनि बनाईदिएर राखेको छ । म खुुसी छुु ।
उनकी आमाले गाउँमा सरकारी जागीर खाएकाहरुले पेन्सन खाएको देखीरहेकी थीईन् । यसकारण छोरीलाई उनले सरकारी जागीर खानुपर्छ पढ भनीरहन्थीन् । अहिले भन्छीन् ज्योतीको रहर गीत गाउनमै रैछ, राम्रै गरीरहेकी छीन् ।







२८ माघ २०८१, सोमबार १४:४८ 








