भोईस अफ नेपालमा सबैको मन जीतेकी इन्द्रकला भन्छीन्, दुखका दिनमा बालुवा पनि बोके

...

काठमाडौँ । अहिले भोईस अफ नेपालमा आफ्नो सुुमधुुर आवाजले मन जीतीरहेकी छीन् इन्द्रकला राई । उनले भोईसमा यस्तो पनि हुुदोरैछ बोलको गीत गायकी थीईन् । उनको यो पर्फमेन्स सर्वाधिक रुचाईयो र उनको खोजी हुन थाल्यो । तर भोईसमा आएर मात्रै उनले चर्चा बटुुलेपनि निकै हिटहिट गीतमा पहिलानै आवाज भरीसकेकी छीन् । दिमाख खराब फील्मको हितैको माया,सुुसान्त केसीको बार्दली,बेहुुली फ्रम मेघौलीको उडायो मन लगायत अन्य धेरै राम्रा–राम्रा गीतहरुमा आवाज भरीसकेकी छीन् ।

५ वर्ष अघि उनले पहिलो गीत रेकर्ड गराएकी इन्द्रकला संघर्ष धेरै छ । कोरोना कालमा उनले बालुवा बोक्ने काम गरीन् । आमासँगै उनी पनि काममा जान्थीन् । दुुखका कुरा सुनाउँदै उनी भन्छीन् कलेज बाट आएर खाना खान पनि पाउँदैनथे,खाजा खाने,बस चढ्ने पैसाा पनि हुदैनथ्यो एक घण्टा बढि हिडेर काम गर्न जान्थे । घरमा दुुख भएपनि पढाईमा उनी राम्रो थीईन् ।

उनको बुुवाले आमालाई सानैमा छाडेर गएका रहेछन् । यसकारण उनी भन्छीन् दुखका दिनहरु पार गरे अब उहाँ हाम्रो जीवनमा फर्केर नआउनुहोस् । उहाँको राम्रो होस् । खोटाङ घर भएकी उनी पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसोबास गर्दै आएकी छिन् । आफु मुनिका साना तीन बहिनीलाई पढाउने र हुर्काउने जिम्मा उनकै काँधमा छ । पाँच वर्षअघि बुबाआमाको सम्बन्ध विच्छेद भएपछि इन्द्रकलाको काँधमा परिवार पाल्ने जिम्मा आएको छ । तर अब भने उनको आर्थीक अवस्था तग्रीदै छ । उनका हातमा कामहरु आईरहेका छन् । उनलाई थप सफलताको शुुभकामना ।