बालेन शाहले गाएको गीतले बानायो रेकर्ड, नेपालसहित ६ देशको युट्युब ट्रेन्डिङमा

...

काठमाडौं । बालेन शाहले आवाज भरेको  फिल्म ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो। युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ। २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ ।  हालसम्म  यो गीतले एक मिलियन भन्दा बढी भ्युज र पन्ध्र हजार माथि कमेन्ट पाईसकेको छ ।

यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार, माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ। ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ। कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ। फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।