
काठमाडौँ । मध्यरातको एउटा म्यासेजले जुराईदिएको जोडी,जसको सम्बन्ध सुुमधुर छ । आज लोकप्रिय कलाकार तथा एक प्रेमिल जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतको वैवाहिक वर्षगाँठ । यो जोडीको विवाह भएको ९ वर्ष भएको छ । यो जोडीको वैवाहिक जीवन सँगै कलाकारीता यात्रा पनि निकै सफल भईरहेको छ । तर यो जोडीले सन्तान भने जन्माएका छैनन् । उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी विवाह गरेका थिए ।
स्वस्तिमा र निश्चलको भेट विवाह हुनुभन्दा ५ महिना अगाडि मात्र भएको थियो । त्यो भन्दा पहिला उनीहरु फेसबुकमा साथी थिए । हाई, हल्लो, बाहेक केही कुराकानी भएको थिएन । तर, मध्यरातमा निश्चलले फेसबुकमा अपलोड गरेको एउटा तस्वीरले उनीहरुलाई प्रेममा पारिदियो । रातीको १२ बजेको थियो । निश्चलले फेसबुकमा एउटा स्टाटस लेखे । । निन्द्रा नलागेर फेसबुकमा भुलिरहेकी स्वस्तिमाले उक्त स्टाटस ‘लाइक’ गरिन् । स्टाटस लाइक गर्ने बित्तिकै निश्चलको म्यासेज आयो, ‘के हो सुत्न पर्दैन ?’ स्वस्तिमा भन्छिन् –‘राती भएको भएर होला, लाइक गरेको पनि थाहा भइहाल्छ । त्यसैले उहाँले म्यासेज गर्नुभएको थियो ।’सोही रात उनीहरुको कुराकानी निकै लामो समयसम्म भयो । झण्डै साढे १२ बजेबाट सुरु भएको उनीहरुको कुराकानी बिहान ५ बजेसम्म चल्यो । त्युपश्चात् लभ रिलेशनमा बसेको पाँच महिनामा उनीहरुले मागी बिबाह गरे । उनीहरुले खुसी–खुसी बिबाह गरेका थिए ।
विवाहको समयमा उनीहरुलाई ‘राष्ट्रिय दाजु–भाउजु’को ट्याग पनि दिइयो । जसकारण अझैपनि यो जोडिलाई ‘राष्ट्रिय दाजु–भाउजु’ भनेर बोलाईन्छ ।
निश्चलले फेसबुकमा स्वस्तिमा र आफ्नो फोटो सेयर गर्दै ह्यापी एनिभर्सरी ! लेखेका छन् ।