दश बर्षपछी एकसाथ माग्ने बुढा र तक्मे बुढाको जोडी

...

काठमाडौं  । अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’ को कलाकार टोलीमा सहभागि भएका छन् । निर्माण टिमले मंगलवार विल्सनलाई औपचारिक रुपमा फिल्ममा अनुबन्ध गरेसँगै ‘माग्ने राजा’ मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ । दुवैले करिब दशकपछि फिल्ममा सँगै काम गर्न लागेका हुन् । एक दशकअघि उनीहरुले ‘राम कहानी’ मा सँगै काम गरेका थिए । त्यसयता निर्माताहरुको अथक प्रयासका बावजुद जोडी सम्भव भएको थिएन ।

विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए । विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रुपमा मान्ने गरेका छन् ।

माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित छन् ।