काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका गायक महेश काफ्ले र गायिक अस्मिता अधिकारी अन्तत :वैवाहिक बन्धनमा बाँधिने भएका छन्। फागुन २२ गते काफ्ले र अधिकारीको विवाह हुन लागेको हो। केही समयअघि उनीहरुले दुबईको बुर्ज खलिफाको सामुन्ने पुगेर इन्गेजमेन्ट गरेका थिए।
उनीहरूले पछिल्लो समय सांगीतिक करिअरलाई मिलेर अघि बढाइरहेका थिए । यसअघिबाटै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा थियो । तर उनीहरूले आफूहरूको सम्बन्धलाई स्वीकारेका थिएनन् । गसिपका रुपमा चर्चा भए पनि प्रेम सम्बन्धलाई गोप्य राख्दै अघि बढेका उनीहरूले बिहेको निर्णय लिएका हुन् ।







१३ फाल्गुन २०८१, मंगलवार १०:०२ 








