काठमाडौँ । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको विषयमा गसिप चलिरहेका छन् । केही रिपोर्ट र सामाजिक सञ्जालका पोस्टहरूले यी दुईको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य हुन सक्ने दाबी गरिरहेका छन् । तर, यी अफवाहमा गोविन्द र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । गोविन्दा र सुनिता आहुजाको सम्बन्ध विच्छेदको यी सबै खबरले उनीहरूका फ्यानहरू स्तब्ध भएका छन् ।
यसैबीच, केही मिडिया रिपोर्टहरूले पनि ३० वर्षीय मराठी अभिनेत्रीसँग गोविन्दाको अफेयरका कारण वैवाहिक सम्बन्ध अन्त्य हुने स्थितिमा पुगेको दाबी गरेका छन् ।
अभिनेताका श्रीमान–श्रीमतीबिचको मतभेद निरन्तर बढ्दै गइरहेको र फरक जीवनशैलीका कारण सम्बन्ध टुट्ने अवस्थामा पुगेको दाबी गर्दै टाइम्स नाउले एउटा समाचार लेखेको छ । तर यस खबरमा गोविन्दा र उनको परिवारले कुनै टिप्पणी गरेका छैनन् ।







१४ फाल्गुन २०८१, बुधबार १०:१७ 








