भाईरल मोनालीसा नेपालमा

...

काठमाडौँ । महाकुम्भ मेलामा फूलमाला बेचेर भाईरल बनेकी मोनालीसा नेपाल आईपुुगेकी छन् । रौतहटको मौलापुर नगरपालिकाको पतौराधामस्थित महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको अवसरमा उनलाई निम्ता थीयो । यसकारण उनी नेपाल आएकी हुन् । मौलापुरमा उनको क्रेज निकै देखीएको थीयो ।

महोत्सवमा आकर्षणको केन्द्र बनेकी थीईन् भारतीय भाइरल गर्ल मोनालिसा भोस्ले । प्रयागराजमा हालै चलेको महाकुम्भमा फूलमाला बेच्न बसेको बेला भाइरल भएकी नीला आँखावाली मोनालिसाले मधानी महायज्ञमा प्रस्तुति समेत दिइन् । उनले नृत्य प्रस्तुति दिएकी थिइन् ।

मधानी महोत्सवमा उनी लगायत अन्य कलाकारहरूको प्रस्तुतिलाई हेर्न नेपाल र भारतबाट लाखौँ मानिस पुगेको थिए ।  उनलाई बलिउड सिनेमा उद्योग बाट समेत अफर आएको छ ।