काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड कन्दरा इलाममा गुन्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसर पारेर शुक्रबार सूर्योदय नगरपालिका–१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिने भएको हो । कन्दराले पहिलो पटक इलाममा प्रस्तुति दिन लागेको छ । सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजना रहेको कार्यक्रम स्थानीय पर्यटन प्रवद्र्धनको उदेश्य रहेको आयोजकले बताएका छन् ।
ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेको हो ।पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ ।
पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ । चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुन्जिने ब्याण्डको तयारी छ ।







१५ फाल्गुन २०८१, बिहीबार १७:११ 








